arrow

मन्त्री ढकाललाई निर्वाचन क्षेत्रमा कालो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
bhanubhak-dhakal.jpg

मोरङ ।  मोरङको कानेपोखरीमा शुक्रवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झण्डा देखाएका छन् ।

भ्रष्टाचारी मन्त्री मुर्दावाद, भ्रष्टाचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाब खोइ लगायतको प्लेकार्ड बोकेका युवाहरूले मन्त्री ढकाल विरुद्ध चर्को नाराबाजी गरी कालो झण्डा प्रदर्शन गरेका थिए ।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा शुक्रवार माओवादी केन्द्रको युवा सङ्गठन वाइसीएल र नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन् ।

युवाहरूले चर्को नारा बाजी सहित कालो झण्डा देखाए पछि मन्त्री ढकाल बाटो परिवर्तन गरी कार्यक्रम स्थल गएका थिए ।

मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरूलाई शपथ ग्रहण गराउन कानेपोखरी आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ