arrow

५० करोड लगानीमा झापाको कमल गाउँपालिकामा खुल्दै पूर्वकै नमुना हेरिटेज रिसोर्ट

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत १६ सोमबार
river-view.jpg

दमक । झापा जिल्लाको कमल गाउँपालिका ५ पाडाजुङीमा पूर्वकै एक मात्र नमुना रिसोर्ट खुल्ने भएको छ । निर्माण कार्य सम्पन्न हुनै लागेको दमक नगरपालिका र कमल गाउँपालिकाको सिमामा पर्ने रतुवा खोला किनारमा रिभर भ्यु हेरिटेज रिसोर्ट प्रा. लिई. औपचारिक रूपमा खुल्ने तयारीमा रहेको रिसोर्टका लगानीकर्ता तथा सञ्चालक रुद्र कार्कीले जानकारी गराएका हुन ।

नेपाल प्रेस युनियन माई-पश्चिम् क्षेत्रीय समितिले आयोजना गरेको पारिवारिक होली मिलन कार्यक्रम तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै रिसोर्टका सञ्चालक कार्कीले यही नयाँ बर्स २०७८ साल वैशाख १ गते देखि औपचारिक रूपमा उक्त रिसोर्ट सञ्चालनमा ल्याइने बताए । वैशाख १ गते देखि ७ गते सम्म दैनिक रूपमा विभिन्न रास्टिय कलाकारहरू ल्याइ सांस्कृतिक कार्यक्रम गरिने सञ्चालकले बताए ।

कुल ५० करोड लागतको लगानीमा निर्माण सम्पन्न हुन लागेको उक्त रिसोर्टमा बालबच्चा देखि युवा तन्देरी हरूलाई मनोरञ्जन प्रदान गर्न रिसोर्ट वरिपरि कलात्मक भौतिक संरचना निर्माण गरिएको सञ्चालक बताउछ्न् । कार्यक्रममा सञ्चारकर्मीहरूलाई स्वागत सत्कार गर्न पाउँदा आफू ज्यादै हर्षित भएको सञ्चालक कार्कीले बताए ।

नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पारिवारिक होली मिलन कार्यक्रम प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाको सभापतित्वमा सञ्चालित कार्यक्रम लाई समितिका उपाध्यक्ष बेणु प्र. अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा जिल्ला अध्यक्ष तारामणि सापकोटा , नेपाल प्रेस युनियन पूर्व अध्यक्ष कृष्ण हुमागाईँ , पत्रकार महासङ्घ झापा जिल्ला उपाध्यक्ष एकराज गिरि , नेपाल पत्रकार महासङ्घ पूर्व जिल्ला अध्यक्ष गोबिन चन्द छेत्री , लगायतको उपस्थिति रहेको कार्यक्रमलाई प्रेस युनियन जिल्ला उपाध्यक्ष तथा सप्तरङ्गी एफ. एम. का प्रबन्धक निर्देशक गिरिराज भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा माई पश्चिम रहेर सक्रिय रूपमा पत्रकारिता गर्ने पत्रकार हरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ