arrow

यासोकबाट दमकतर्फ गइरहेको जिप दुर्घटना, एक व्यक्तिको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ चैत ११ बुधबार
accident-1.jpg

पाँचथर । पाँचथरको फाल्गुननन्द गाँउपालीका-५ सुलुम्फी भन्ने स्थानमा बुधवार जिप दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम-७ एक तप्पाका २२ वर्षीय पदम लिम्बु रहेका छन् । यासोकबाट दमकतर्फ गइरहेको जिप कच्ची सडकमा ब्रेक फेल भई पल्टिँदा जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो ।

 अस्पताल ल्याइएका लिम्बुलाई डाक्टरले मृत्यु घोषणा गरेका थिए । मे १ ज ४१६ नम्बरको जिप दुर्घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ