arrow

प्रदेश नं १ : तेह्रमा कोरोना सङ्क्रमण देखियो

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
covid-test-corona.jpg

विराटनगर । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
    
सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका- १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।
    
यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएको छ । प्रदेशमा कोभिड-१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ