arrow

ठेकेदारलाई मस्ती, जनतालाई सास्ती 

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ चैत १० मंगलबार
road-construction.jpg

गौरादह । झापा जिल्लाको गौरादह नगरपालिकाको मुख्य बजार गौरादह बजारबाट कृषि थोक बजार  जाने सडकको बायाँतर्फ सघन शहरी विकास आयोजना भद्रपुरको बजेट लगानीमा निर्माण हुँदै गरेको ब्यबस्थित ड्रेन निर्माण कार्यले गति लिन नसक्दा त्यहाँका स्थानियबासी र उक्त सडक प्रयोगकर्ताहरु प्रदूषणले आजित भएका छ्न् ।

निर्माण कार्य शुरु गरिएको महिनौं बितिसक्दा पनि कछुवा गतिमा अघि बढेको निर्माण कार्यले सडक प्रयोगकर्ताहरु महिनौं दिनदेखि सास्ती भोग्न बाध्य भएका छ्न् ।

‘महिनौं बितिसक्यो सडकमा माटो थुप्रिएको छ । चैत्र महिनामा चल्ने बतास र हावाहुरीले उक्त धुलो उडाउँदा वातावरण प्रदूषित भएको छ । सडकमा आवत जावत गर्न पनि कठिनाइ भएको छ ।’ हाम्राकुरासँग गुनासो पोख्दै स्थानीय शिक्षिका मन्दिरा खड्काले बताइन् ।

उक्त सडकखण्डमा त्रिभुवन विश्वबिद्यालय कृषि तथा पश विज्ञान अध्ययन संस्थानको सम्बन्धन प्राप्त गौरादह कृषि क्याम्पस, अमर माध्यमिक सामुदायिक विद्यालय, एउटा निजी माध्यमिक बिद्यालय, एउटा मन्टेश्वरी विद्यालय, एउटा सार्वजजिक मन्दिर तथा गौरादहकै एकमात्र कृषि थोक बजार पनि पर्दछ ।

साथै निर्माणाधीन अवस्थामा रहेको गौरादह बहुमुखी क्याम्पस र लायन्स चिल्ड्रेन पार्क पनि यसै सडकखण्ड अन्तर्गत पर्ने साखा सडकमा पर्दछन् ।  नगरकै मुख्य बजारमा पर्ने उक्त सडकमा दैनिक सयौंको संख्यामा मानिसहरु आवत जावत गर्ने  गर्दछन् । 

गौरादह नगरपालिका वडा नं २ को वडा कार्यालय तथा निर्माणाधीन अवस्थामा रहेको वीपी स्मृति भवन पनि सोही सडकमार्गको भित्री सडकमा पर्ने हुनाले यति धेरै महत्व बोकेको सडकमा निर्माण गरिने जुनसुकै विकास निर्माणका कार्यहरुलाई अति संवेदनशील ढंगबाट अगाडि बढाउन आवश्यक देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ