arrow

बलुचहरुले आफ्नै घरमा कहिलेसम्म सहने पीडा ?

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत ९ सोमबार
balochistan-map-pak.jpg

पाकिस्तान। बलुचिस्तानमा निर्माण भइरहेको ग्वादर बन्दरगाहले बलुचिस्तान र पाकिस्तानको आर्थिक विकासमा ठूलो सहयोग पुर्‍याउने दाबी गरिएको छ। पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले निर्माण भइरहेको ग्वादर बन्दरगाह भ्रमणपछि भने, "ग्वादर बन्दरगाह अफगानिस्तान, ताजकिस्तान र अन्य एसियाली मुलुकहरूबाट नजिक पर्छ। यो क्षेत्रीय सिपिङ सेन्टर बन्नेछ।"

अफगानिस्तान सहितका क्षेत्रीय मुलुकहरूको ट्रेड ट्रान्जिट बन्‍नसक्ने बताएका राष्ट्रपति अल्भीको यो अभिव्यक्ति पछिल्लो समय चिनियाँ इकोनेमिक नेटमा प्रकाशित भएको हो।

“सान्दर्भिक चिनियाँ उद्यमहरूले महामारी र सामाजिक आजीविकाको विरुद्ध संयुक्त अभियानको क्षेत्रमा प्रशस्त मात्रामा काम गरिसकेका छन्, र ग्वादरका सबै क्षेत्रहरूबाट व्यापक प्रशंसा प्राप्त गरेका छन्," इकोनोमिक नेटमा थप भनिएको छ।

ग्वादर पोर्ट २०२० मा सीपीईसीको विकासको क्रममा महामारीको रोकथाम र परियोजना निर्माण सफलतापूर्वक सन्तुलनमा परेको उज्ज्वल ठाउँ भएकोसमेत दाबी गरिएको छ। तर, वास्तविकता भने निकै फरक छ। ग्वादरमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षित पार्नका लागि बलुचिस्तानका नागरिकलाई कथित क्‍वारेन्टाइनमा राखिएको थियो। नर्कको शाखाजस्तो स्थितिमा बलुचिस्तानका नागरिकलाई लामो समय घरबाहिर पनि निस्कन दिइएन।

स्वतन्त्र समाचार पाकिस्तान (आईएनपी) का अनुसार बलुच नागरिकहरूलाई त्यस क्षेत्रबाट विस्थापित गर्नका लागि ठूलो क्षेत्र घेर्ने र पर्खालहरू लगाउने निर्णय गरिएको थियो। तर, बलुचिस्तानमा नागरिकले चर्को विरोध गरेपछि उक्त पर्खाल लगाउने निर्णयबाट सरकार पछि हटेको थियो।

यस्तो अवस्थामा चिनियाँहरूले बलुच नागरिकलाई ठूलो दुःख दिएका थिए। यसको पाकिस्तानी विपक्षी दलहरुकले चर्को विरोधहरू गरे पनि सरकारले भने कुनै वास्ता गरेन। अझै पनि चिनियाँहरूबाट ग्वादर पोर्टमा बलुचहरुलाई दुःख दिने काम भने रोकिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ