arrow

संसदमा सांसदहरुको जुत्ता चोरी, खाली खुट्टा बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
Pakistan-Flag.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पाकिस्तानको संसदमा शुक्रबार अचम्म भयो । त्यहाँ सांसद र पत्रकारका जुत्ता चोरी भएका छन् । पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार सांसद, पत्रकार र संसदका कर्मचारीका जुत्ता चोरी भएका हुन् । 

संसद परिसरमा रहेको मस्जिदमा नमाजका लागि गएका उनीहरुका जुत्ता चोरी भएका हुन् । चोरले २० जोडी जुत्ता चोरेर लगेको छ । सांसदहरु नाङ्गै खुट्टा संसदमा गएका थिए । सभामुख सरदार अयाज सादिकले उक्त घटना छानबिनका लागि आदेश दिएका छन् । 

सीसीटीभीको माध्यमबाट आरोपीहरुको पहिचान गर्ने कोसिस भइरहेको बताइएको छ । 

रक्षा मन्त्री ख्वाजा आसिफले यो चोरीको पछाडि भिखारी माफियाको हात रहेको आशंका गरेका छन् । 

पाकिस्तानमा महँगी बढेसँगै चोरी पनि बढेको रिपोर्टमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ