arrow

कोभिड-१९ का कारण दक्षिण एसियामा २ लाख ३९ हजार आमा र बच्चाको मृत्यु : युएन रिपोर्ट

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
south-asia.png

काठमाडौं । सन् २०२०२ मा कोभिड-१९ को महामारीका कारण दक्षिण एसियामा करिब २ लाख २८ हजार बच्चाको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घ (युएन)को रिपोर्टले जनाएको छ । 

'डाइरेक्ट एन्ड इनडाइरेक्ट एफेक्ट्स अफ कोभिड–१९ प्यान्डेमिक एण्ड रेस्पोन्स इन साउथ एसिया' नामक रिपोर्टले स्वास्थ्य सुविधा अवरुद्ध हुँदा करिब ११ हजार आमाको पनि मृत्यु भएको हुनसक्ने रिपोर्टको अनुमान छ ।

कोरोना भाइरसको महामारीका कारण क्लिनिक, एवं स्वास्थ्य सुविधाका क्षेत्रहरू बन्द भएका थिए भने, पोषणसम्बन्धीका कार्यक्रमहरू अवरुद्ध भएका थिए ।

युनिसेफ, विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र जनसङ्ख्या कोषद्वारा जारी रिपोर्टमा नेपाल र बङ्गलादेशमा कुपोषणका लागि उपचार गरिने बच्चाहरूको सङ्ख्यामा ८० प्रतिशतले कमी भएको र भारत र पाकिस्तानमा ठुलो सङ्ख्यामा बच्चाहरू  खोप लगाउनबाट वञ्चित भएको उल्लेख छ ।

महामारीका कारण दक्षिण एसियामा करिब ४५ करोड बालबालिकाहरू स्कुल जानबाट वञ्चित भएको रिपोर्टले जनाएको छ । तीमध्ये ४ करोड ५० लाख किशोरीहरूले फेरि स्कुल नै जान नपाउने रिपोर्टको अनुमान छ । त्यस्तै यो क्षेत्रमा ३५ लाख अनावश्यक गर्भधारण भएको समेत रिपोर्टको अनुमान छ ।

महामारीका कारण दक्षिण एसियाका नेपालसहित अफगानिस्तान, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा महामारीका कारण रोजगारी, स्वास्थ्य सुविधा र खाद्य समस्या जस्ता जोखिम पनि बढेका छन् । रिपोर्टले गरिब परिवारहरूका लागि आर्थिक साहयता गर्न समेत आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ