arrow

झापामा ४५ हजार नागरिकले लगाए पहिलो चरणको कोभिशिल्ड खोप

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत ९ सोमबार
jhapa-covid.JPG

झापा । झापा जिल्लामा कोरोना भाइरस कोभिड १९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम अन्तरगत अहिलेसम्ममा ४५ हजारभन्दा बढीले सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले दिएको जानकारी अनुसार जिल्लाका १५ वटै स्थानीय पालिकामा पहिलो चरणको खोप लगाउनेको हरूको जम्मा सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।

 १५ वटा स्थानीय पालिका मध्ये झापामा ८ नगरपालिका र ७ गाउँपालिका हरू रहेका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकामा पाँच हजार ४५५ ले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका छन् । त्यसै गरी सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकामा चार हजार ७४९ , गौरादह नगरपालिकाका चार हजार ६५३ , विर्तामोड नगरपालिकाका तीन हजार ७७३ , कनकाई नगरपालिकाका तीन हजार ४९९ , कमल गाउँपालिकाका तीन हजार २४८ र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोरोना भाइरस कोभिड १९ विरुद्धको कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ , अर्जुनधारा नगरपालिकाका २ हजार ७२३ , गौरीगञ्ज गाउँपालिकाका २हजार ४५१ , कचनकबल गाउँपालिकाका २ हजार १२३ , हल्दिबारी गाउँपालिकाका २ हजार १ , झापा गाउँपालिकाका १ हजार ८२३ , बुद्धशान्ति गाउँपालिकाका १ हजार ७०९ र बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

 झापा जिल्लाका पालिकाहरुमा गत फाल्गुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी राखिएको थियो । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी , सरसफाइकर्मी र स्वयंसेवकले खोप लगाएका थिए ।

त्यसपश्चात्  पत्रकार , सुरक्षाकर्मी , जनप्रतिनिधि र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले कोरोना विरुद्धको खोप लगाएका थिए । त्यसै गरी यही चैत्र १ गते देखि ५ गते सम्म ६५ बर्स माथिका ज्येष्ठ नागरिक हरले पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

साथै चैत्र ६ गते जिल्लाको माई पश्चिममा विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले पनि कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ