arrow

बर्दियामा मानिस खाने बाघ समातियो

logo
हरि गुरुङ,
प्रकाशित २०७७ चैत ४ बुधबार
tigers.jpg.jpeg

बर्दिया । बर्दियामा मानिस  खाने बाघलाई नियन्त्रणमा लिइएको छ। मानिस खाने बाघ बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट( बेहोस ) गरी नियन्त्रणमा लिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र अन्तर्राष्ट्रिय  खाता जैविक मार्ग क्षेत्रमा मानिस तथा घरपालुवा जन्तु मार्ने बाघलाई निकुञ्ज प्राविधिक टोलीले डार्ट गरेर बुधवार साँझ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए।

मङ्गलवार दिउँसो एक महिलालाई बाघले आक्रमण गरी ज्यान लिए लगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो।

यस अघि पनि निकुञ्ज मध्यवर्ती क्षेत्रमा मानिस खाने बाघ निकुञ्जले नियन्त्रणमा लिइसकेको छ।

एक जना महिलासँगै बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन क्षेत्रमा मात्रै यस वर्ष १० जनाले ज्यान गुमाइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ