arrow

बाघको आक्रमणमा परेकी डल्ली रावतको अवस्था अज्ञात, खोजी शुरु

logo
बर्दिया
प्रकाशित २०७७ चैत ३ मंगलबार
tigers.jpg.jpeg

बर्दिया। बर्दियामा फेरि पाटेबाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात भएको छI ठाकुरबाबा नगरपालिका वार्ड नं ७ वनखेत बस्ने ५५ बर्षीय डल्ली रावतको अवस्था बाघको आक्रमण पछि अज्ञात रहेको छ ।  

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र न्युरो साग टिप्न गएको बेला दिउँसो ३ बजेको आसपासमा पाटे बाघको आक्रमणमा परेकी थिईन्। आक्रमणमा परेर अज्ञात रहेकी  रावतको खोजतलास भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

यसअघी बर्दियामा मात्रै ८ जनाले बाघको आक्रमणमा परि ज्यान गुमाएका छन्। बुधबार मात्रै घाँस काट्न गएकी मधुवन ३ की २७ वर्षीया रिमा भनिने रेनुका सुनारलाई बाघले झम्टेर लगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ