arrow

मृतकका परिवारलाई क्षतिपूर्ति दिएसँगै खुल्यो सडक मार्ग

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ चैत १ आइतबार
tipper-accident2.jpg

झापा । मृतकका परिवारलाई ११ लाख रुपैयाँ दिइने सहमति भएपछि झापाको कमल गाउँपालिकामा शनिवार उत्पन्न तनाव साम्य भएको छ ।

क्याम्पा बजार नजिक शनिवार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना१ क ६१६५ नम्बरको टिपरले मोटरसाइकल लाई ठक्कर दिँदा  शिबसताक्षी नगरपालिका वडा न.४ डांडागाउँ बस्ने वर्ष २० का सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर पश्चात् चालकले पुनः टिपर अगाडी बढाएर दुर्घटना गराएको भन्दै स्थानीयवासी आक्रोशित थिए ।
 मादक पदार्थ सेवन गरी टिपर चालकले सवारी चलाएको स्थानीयहरूको आरोप लगाएका थिए ।

स्थानीय प्रशासन, टिपर मालिक र मृतक परिवारका तर्फबाट स्थानीय जनप्रतिनिधि सम्मिलित छलफलले कन्स्ट्रक्सनका तर्फबाट क्षतिग्रस्त मोटरसाइकल बनाइदिने, मृतकका परिवारलाई ११ लाख रुपियाँ दिने र स्थानीय एउटा घरमा पुगेको क्षति बराबरको पुनर्निर्माण गरिदिने सहमति भएपछि उत्पन्न तनाव साम्य भएको छ ।

आइतबार बिहानदेखि क्याम्पा सडकमा सवारी आवागमन सहज भएको छ । यस अघि सो सडकमा कुनै पनि सवारी साधन चलेका थिएनन् । स्थानीयको अवरोधका कारण सो सडकका यातायात बन्द भएको थियो ।

कर्खाबाट निर्माण सामग्री लिएर कमल गाउँपालिका २ को क्याम्पा बजार तर्फ लाग्दै गर्दा उक्त दुर्घटना भएको थियो । टिपर हुलाकी राजमार्ग अन्तरगत पर्ने रतुवामाइ -कनकाई सडक खण्डको सडक निर्माणको जिम्मा पाएको मोती दाना कन्स्ट्रक्सन कम्पनीको रहेको जनाइएको छ ।

 घटना थाहा पाए लगत्तै घटनास्थल  पुगेको प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ