arrow

छुटेनन् विप्लवका दश कार्यकर्ता

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
chand-biplab.JPG

किमाथाङ्का । सरकार र नेत्रविक्रम  चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदवारिमा छन् । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँद बारी कारागारमै छन् ।

खाँद बारी कारागारमा सङ्खुवासभा जिल्ला इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँद बारी कारागार छन् ।

विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँद बारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ