arrow

सीमानाकामा लागुऔषध ओसारपसार बढ्दो, सशस्त्रद्धारा ठूलो मात्रामा लागुऔषधसहित एक पक्राउ 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ फागुन २७ बिहिबार
laguaausadh-sasastra.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल बीओपी गुठी परसौनीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा लागु औषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका वडा नं २ सयपत्रीमा सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (बीओपी) का प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा रहेको टोलीलाई देखेर एक जना युवकले झोला बोकेर भाग्न खोजेपछि उनलाई पक्राउ गरी झोला चेकजाँच गर्दा झोलाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको खरेलले बताए । 

उक्त ब्याग (झोला) बाट अनरेक्स सिरफ ३१ बोतल, नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की, विनस्पास्मो १८ सय ९० पिस जस्ता लागुऔषध बरामद गरिएको खरेलले जानकारी दिए । 

पक्राउ परेका युवक र लागुऔषध इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए । 

पक्राउ परेका युवकको नाम ठेगाना भने सशस्त्र प्रहरीले खुलाएको छैन । भारतीय सीमा क्षेत्रबाट लागुऔषधको ओसारपसार भइरहेको जन गुनासोपछि गण नं २६ का गणपति महेश अधिकारीको कडा निर्देशनमा नेपाल–भारत सीमामा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको स्रोतको दाबी छ । 

लागुपदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ । त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । लागुपदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । 

खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागुपदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, हरकपुरा, बसहिया, बन्नकट्टी, बलिनगर लगायतको नाकाबाट लागुपदार्थ ओसारपसार हुने गरेको स्थानीयले बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ