arrow

महिला बेच्न खोज्ने विराटनगरका दुई जना समातिए

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन २६ बुधबार
bechbikhan1.JPG

मोरङ । मानव बेचविखनमा संलग्न भएका दुई जनालाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर १५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र विराटनगर १६ दक्षिण बस्ने प्रेम बहादुर मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार होटलमा काम लगाइदिने भन्दै दुई महिलालाई सिन्धुपाल्चोकबाट बेचविखनका गर्ने उदेश्यले विराटनगर १६ को दक्षिण गेटमा ल्याइएको भनि जाहेरी आएसंगै मगर र तामाङलाई पक्राउ गरीएको हो ।

कार्यालयका अनुसार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ