arrow

गौरादहमा १ सय ७८ जनाले लगाए कोरोना विरुद्धको खोप

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
gauradaha-vaccine.JPG

झापा । झापाको गौरादह नगरपालिकामा  कोरोना भाइरस  कोभिड -१९  विरुद्धको भ्याक्सिन "कोभ्याक्स खोप" मङ्गलवारबाट  लगाउन सुरु गरिएको छ । गौरादह नगरपालिका  स्वास्थ्य शाखा द्वारा पहिलो चरण अन्तरगत अग्रपङ्क्तिमा काम गर्ने  जनप्रतिनिधिहरू , सरकारी कर्मचारीहरू , पत्रकारहरू , सुरक्षाकर्मीहरू ,  वित्तीय संस्थाका कर्मचारीहरू ,  सहित यस अघि  प्राथमिकतामा परि खोप लगाउन छुट भएका नगरपालिकाका स्वास्थ्य कर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले कोरोना भाइरस  कोभिड- १९ विरुद्धको खोप लगाएका छन्  ।

 खोप कार्यक्रम अन्तरगत  गौरादह  नगरपालिका महिला विकास शाखामा  कार्यरत ५८ वर्षीय  महिला विकास निरीक्षक मिरा भट्टराईलाई  पहिलो खोप लगाइदिएर  खोप कार्यक्रम सुचारु  गरिएको नगर स्वास्थ्य शाखाका स्वास्थ्य सह-संयोजक सि.अ. हे. ब. गोविन्द श्रेष्ठले जानकारी दिएका छन्  ।   

 जिल्ला स्वास्थ्य कार्यालय द्वारा  तोकिएको मिति अनुरूप मङ्गलवार गौरादह नगरपालिकामा बसोबास गर्ने सम्बन्धित हरूलाई निर्धारित समय बिहान १० बजे देखि   नगरपालिका कार्यालय परिसरमा कोरोना विरुद्धको  खोप लगाउन सुरु गरिएको थियो । जसअन्तर्गत ४२ जना पुरुष र १३६ जना महिला गरी १७८ जना व्यक्तिहरूले  कोरोना विरुद्धको खोप लिएका छन् ।
 
कोरोना विरुद्ध खोप लगाउनेमा १८ जना जनप्रतिनिधि , ७४ जना सरकारी कर्मचारी , ६ जना पत्रकार  ,२२ जना सुरक्षाकर्मी १२ जना छुट स्वास्थ्यकर्मी , ४२ जना बितिउ संस्थामा कार्यरत व्यक्ति र ४ जना छुट महिला स्वयम सेविकाहरूले कोरोना बिरुद्द्को खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत पर्सुराम भट्टराईले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ