arrow

प्रतिनिधि सभा विघटन: निवेदकतर्फबाट जवाफी बहस शुरु

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
supreme.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सुनुवाइमा आइतबारबाट संवैधानिक इजलासमा जवाफी बहस शुरु भएको छ । प्रारम्भमा अधिवक्ता दिनमणि पोखरेल बहसमा सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस सुरु गरेका हुन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शम्भु थापालगायतले पनि जवाफी बहस गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए ।

जवाफी बहस सकिएपछि अदालतको आदेशअनुसार नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिस भएका एमिकस क्यूरीले इजलासलाई राय दिनेछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ