arrow

भ्यालेन्टाइन गिफ्ट : के दिने, के नदिने ?

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
valantine.jpg

भनिन्छ, प्रेमको उपहार प्रेम नै हो । जीवनलाई प्रेममय बनाउन प्रेम नै गर्नुपर्छ । त्यसैले त प्रेमको उत्सवका रुपमा मनाइने भ्यालेन्टाइन डे मा प्रदान गरिने गिफ्टको ठूलो महत्व हुन्छ । यस दिन प्रदान गरिने गिफ्टले जीवनलाई यादगार बनाउँछ । आफूले प्रदान गरेको गिफ्टले प्रेमलाई थप प्रगाढ बनाउन सहायता पुर्‍याउछ ।

तर कतिपय व्यक्तिहरुले गिफ्टको महत्व नबुझेर जे मन लागे त्यही प्रदान गर्छन् । जसका कारण नयाँ सम्बन्ध विस्तार हुनै पाउँदैन र पुरानो सम्बन्ध पनि टुटन सक्छ । त्यसैले गिफ्ट आदनप्रदान गर्दा विचार पुर्‍याउनु पर्छ । व्यक्तिको इच्छा, उसको स्वाभाव र आवश्यक्तालाई बुझेर गिफ्ट प्रदान गर्नुपर्छ ।

यदि एकले अर्कालाई वास्तविक प्रेम गर्ने र उसलाई कहिले पनि नगुमाउने हो भने भ्यालेन्टाइन डे मा केहि सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसमध्ये पनि गिफ्ट आदनप्रदान गर्ने सवालमा विशेष सावधानी अपनाउनु आवश्यक छ । गिफ्टले मन जित्न सक्नुपर्छ तर घृणित हुने वातावरण आफैंले सिर्जना गर्नुहुँदैन । फेब्रुअरी १४ अर्थात भोली(आइतबार) विश्वभर भ्यालेन्टाइन डे मनाइँदैछ । यसै शिलशिलामा गिफ्ट आदनप्रदान गर्ने सवालमा केही विषय यहाँ चर्चा गरिएको छ ।

रातो गुलाफ दिने भित्री कपडा नदिने

प्रेमको प्रतीक रातो गुलाफलाई अनिवार्य गिफ्टका रूपमा लिइन्छ । आफ्नो पार्टनरबाट थप माया पाउन र भ्यालेन्टाइन डेलाई रोमाञ्चक र अविस्मरणीय बनाउन रातो गुलाफ अनिवार्य गिफ्ट दिनु राम्रो हुन्छ । हुनत रातो गुलाफ आदानप्रदान गर्ने संस्कृति नै बनिसकेको छ ।

रातो गुलाफ प्रदान गर्दा आपसी सम्बन्धको रोमाञ्चकतामा सुगन्ध थपिनेछ । यति हुँदाहुँदै कहिल्यै झुक्किएर पनि महिला वा पुरुषले लगाउने भित्री कपडाहरु गिफ्टका रुपमा प्रदान गर्नु हुँदैन । कतिपय उश्रृखंल स्वाभावका व्यक्तिले ब्रा-पेन्टी, अन्डरवियर वा सेन्डो प्याकिङ गरेर दिने गर्छन । यो सच्चा प्रेममाथि महाभूल हो । यसले प्रेमी वा प्रेमिका बीच चिसोपना ल्याउने मात्र नभई सम्बन्ध नै टुटाउन सक्छ । व्यक्तिप्रति घृणा पैदा गर्छ र सधैंका लागि बदनाम भइन्छ । 

फेसनका कपडा दिने तर व्यायामका कपडा नदिने

भ्यालेन्टाइनमा फेसनका कपडाहरु गिफ्ट दिने प्रचलन छ । आफ्नो पाटर्नरलाई चल्तीमा रहेका फेसनएबल ड्रेसका कपडाहरु गिफ्ट प्रदान गर्नु उत्तम मानिन्छ । किनभने यस्तो गिफ्टले मनमा उत्साह ल्याउने र प्रेममा प्रगाढता ल्याउने गर्छ । तर रङ, डिजाइन र साइजको चाहीं ख्याल गर्नुपर्छ ।

गिफ्ट दिंदा सकेसम्म सरप्राइजका रूपमा दिन सक्नुपर्छ जसले दुवैको मनमा माया बढाउनेछ । यद्यपि, गिफ्ट दिने नाममा व्यायामका कपडाहरु नदिनु नै राम्रो हुन्छ । किनभने प्रेमी वा प्रेमीकालाई उसको तौल घटाउन दबाब दिएजस्तो हुन्छ । यस्तो गिफ्ट दिनु भनेको ठूलो गल्ती हो । त्यसैले यस्ता कुरामा ख्याल गर्नुपर्छ । 

पुस्तक दिने तर पोर्न फिल्म नदिने

भ्यालेन्टाइनमा पुस्तक गिफ्ट दिने चलन बढदै गइरहेको छ । आफ्नो पाटर्नर अध्ययनका पारखी छन् भने पुस्तक प्रदान गर्नुपर्छ । पुस्तक गिफ्ट दिनुपूर्व उसको चाहना र रुचीलाई भने बुझ्नु पर्छ । कुन क्षेत्रका पुस्तकहरु पढ्न रुचाउँछन त्यही अनुसार पुस्तकहरु खरिद गर्नुपर्छ । साहित्य, खेलकुद, इतिहास, सामाजिक, प्रविधि, अर्थतन्त्र, विज्ञान मध्ये कुन विषमा रुचि छ सोही अनुसारको पुस्तक गिफ्ट दिन सकिन्छ ।

यसले पार्टनरको शैक्षिक स्तर वृद्धि  हुनुका साथै हरपल तपाईंको सम्झना दिलाइरहनेछ । तर पुस्तकका ठाउँमा झुक्किएर पनि पोर्न फिल्मका सिडी उपहार दिनु हुँदैन । यसले पार्टनरप्रति नकरात्मक दृष्टिकोण सिर्जना हुन्छ । जसका कारण मायामा कमी आउन सक्छ र विस्तारै मनमा घृणा पलाउन थाल्छ ।

ग्याजेट्स दिने तर एन्टी एजिङ क्रिम नदिने

बढ्दो प्रविधिको विकासले गिफ्ट आदनप्रदान गर्ने आइटमहरुमा फरकपना पाउन थालिएको छ । त्यसैले बजारमा आएका नयाँ मोडलका विभिन्न ग्याजेटहरू पनि गिफ्टका रूपमा प्रदान गर्न सकिन्छ । यतिबेलाका लागि यो उपयोगी हुनसक्छ । किनभने पार्टनरले उक्त ग्याजेटको आवश्यकता महसुस गरिरहेका हुनसक्छन । 

ग्याजेटहरुमा पनि मोबाइल, आइप्याड, आइफोन, ट्याब्लेट उपयोगी हुन्छन् । सधैं प्रयोग गरिरहनुपर्ने भएकाले सम्झनामा रहिरन्छन् । तर महिलाहरुका हकमा भने एन्टी एजिङ क्रिम दिएर भूल गर्नु हुँदैन । जोकोही महिलाले आफूले आफैँलाई नराम्री र बुढी हुँदै गएको स्विकार्दैनन् । महिला पाटर्नसलाई एन्टी-एजिङ क्रिम दिने सोच बनाएको भए त्याग्नुपर्छ । किनकी आफूले रोजेको पार्टनरसँगको भेट अन्तिम पनि हुनसक्छ ।

ब्रासलेट दिने तर खेलौंना नदिने 

ब्रासलेट भ्यालेनइनको उपयुक्त गिफ्ट हो । हिजोआज धेरैको रोजाइमा पर्ने गिफ्ट ब्रासलेट पनि एक हो । विभिन्न धातुबाट तयार हुने ब्रासलेट आफनो औकात वा हैसियत अनुसार खरिद गर्नुपर्छ । यसको डिजाइन, आकार र मात्रा पनि राम्रोसँग छनोट गर्न सक्नुपर्छ । ब्रासलेटले एकआपसको प्रेमलाई जीवन्त र स्मरणीय राख्न सहयोग पुर्‍याउछ ।

तर ब्रासलेट गिफ्ट दिइरहँदा खेलौंनाका सामाग्रीहरु दिनु सान्दर्भिक मानिदैन । किनकी टिएनएज वा युवायुवतीहरुका लागि खेलौना उपयुक्त हुँदैनन् । खेलौना चाहीं बालवालिकालाई दिने गिफ्ट हुन । आफ्नो पार्टनरलाई वाल्यकालको झझल्को दिएको वा वाल्य अवस्थाकै सम्झिएको अनुभूति गर्न सक्छन् । जसका कारण प्रेममा उतारचढाव आउन सक्छ । 

यसरी भ्यालेन्टाइन डे का अवसरका गिफ्ट आदन प्रदानमा धेरै सचेतना अपनाउनु पर्छ । अकेजन अनुसारका गिफ्ट दिनु राम्रो हुन्छ । विवाह, जन्मदिनमा प्रदान गरिने गिफ्ट र भ्यालेन्टाइन गिफ्टमा भिन्नता छ । विवाह समारोहमा कतिपयले नयाँ टिभी सेट उपहार दिन्छन तर भ्यालेन्टाइनमा टिभी दियो भने टिभी हेरेर बस्नु भन्ने सन्देश जानसक्छ । त्यसैले यस विषयमा सचेत रहनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ