arrow

ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरे : शङ्कर भण्डारी

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
shankar-bhandari5.jpg

जनकपुरधाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको बताएका छन् । शुक्रवार नेपाल तरुण दल केन्द्रीय समिति विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  पूर्व मन्त्री समेत रहेका भण्डारीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोका दिइएको बताए।

भण्डारीले वर्तमान सरकारले अवैधानिक कदम चालेर संसद् विघटन गर्नु जनतासँग बेइमानी गरेको आरोप समेत लगाए।

 सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सहितको व्यवस्था र संविधानको रक्षाका लागी प्रतिनिधिसभा आवश्यक रहेकोले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त रहेको उनले बताए ।

 देश, जनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागी प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ । काँग्रेसको एजेन्डा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको उनले दाबी गरे ।

केपी ओली सरकारले अहिले ठुला–ठुला नारा र भाषण गरेर जनतालाई भ्रमित गर्नमा लागेको नेता भण्डारीले आरोप लगाए ।  नेपाल तरुण विभाग केन्द्रीय समितिको तेस्रो बैठक जनकपुरधाममा सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ