arrow

राष्ट्रपति भएपछि पहिलो पटक जो बाइडेन र सी चिनफिङबीच वार्ता 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
biden-xi.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिसँग वार्ता गरेका छन् । गत जुन २० तारिखमा शपथ लिएर ह्वाइटहाउस प्रवेश गरेको २० दिनपछि पहिलो पटक बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन सम्वाद गरेका हुन् । 

सीएनएनका अनुसार दुवैबीच भएको कुराकानीमा बाइडेनले आर्थिक र सैन्य विषयलाई उठाएका थिए । उनले दुई देशबीच उत्पादनमुखी सहकार्य गर्नुपर्नेमा पनि कुरा उठाएका छन् । 

उनले मौसम परिवर्तन र आणविक प्रसारलाई लिएर समेत चर्चा गरेको वरिष्ठ अधिकारीलाई उधृत गर्दै सीएनएनले लेखेको छ । 

त्यस्तै प्रविधिको नाजायज प्रयोग, अनुचित व्यापार र मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दाका विषयमासमेच चर्चा भएको थियो । 

बाइडेनले चीनमा भइरहेको अल्पसंख्यक मुस्लिम समुदायमाथि भएको मानअअधिकार हननलाई सम्वोधन गर्नुपर्नेबारेमा समेत कुराकानी गरेका थिए । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग बिगारेको सम्बन्ध जो बाइडेनले मिलाउने अपेक्षासमेत विश्वसमूदायले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ