arrow

कञ्चनपुरमा कांग्रेस शुभेच्छुक संघसंस्थाद्वारा मौन जुलुस 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७७ माघ २४ शनिबार
congress81.jpg

कञ्चनपुर । संसद विघटनको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भातसंगठनहरुले प्रतिनिधिसभा विघटनको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा मौन प्रदर्शन गरेका छन् ।

मौन जुलुसमा सहभागी कांग्रेसका शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुले कालो मास्क र कालो पट्टि बाँधेर सरकारको असंवैधानिक कदमको बिरोध जनाएका हुन् ।

कांग्रेस भातृ संगठनहरु नेपाल ट्रेड युनियन, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल निजामती कर्मचारी युनियन, प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, प्रजातन्त्रिक चिकित्सक संघ, त्रिबि प्रजातान्त्रिक कर्मचारी संघ, नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातान्त्रिक महसंघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ लगायतका संगठनहरुले संसद विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरको पार्टी कार्यालयबाट सुरु भएको मौन र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

बिरोध र्‍यालीमा कांग्रेसका भातृसंगठन तथा कांग्रेस शुभेच्छुक संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ