arrow

एनसेल टावरमा आगजनी गर्ने माओवादी कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७३ असार ४ शनिबार
ncell.jpg.jpeg
चितवन । प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन् । 
 
भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको छ । सो घटनामा संलग्न रहेका अन्य तीन जनाको खोजी कार्य भइरहेको छ । 
 
राई विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सचिवालय सदस्यसमेत रहेको बुझिएको छ । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ