arrow

सरकार पक्षका वकिललाई पन्ध्र मिनेट मात्रै समय

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Supreme-court-judges1.jpg

काठमाडौँ । शुक्रबारसम्म मागे जति समय पाएका सरकार पक्षका वकिललाई अब समय सीमा तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यस्तो बताएका हुन्।  

आइतबारदेखि सरकार पक्षका वकिललाई समय निर्धारण हुनेछ । संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएसँगै प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् । उनले भने, ‘आइतबारदेखि तपाईँहरूले १० देखि १५ मिनेट मात्रै पाउनुहुन्छ।’

सरकारको पक्षमा नारायण पौडेल, विश्वराज कोइराला, पदमप्रसाद पाण्डेय र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन्। शुक्रवार लोकराज पराजुली, खेमराज ज्ञवाली, सञ्जीवराज रेग्मीले सरकारको पक्षमा बहस गरेका थिए ।

सरकारी वकिलतर्फ अझै चार जनाले बहस गर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ