arrow

मधेस आन्दोलनका शहीदहरुको सालिक चोरी, मदिरा सेवन गर्नेहरु माथि शंका

logo
रासस,
प्रकाशित २०७७ माघ २२ बिहिबार
Mahottari-hamrakura.jpg.jpeg

महोत्तरी। जिल्लाको जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चौकमा स्थापना गरिएको मधेस आन्दोलनका दुई शहीदको सालिक गए राति चोरी भएको छ  ।

मधेस आन्दोलन २०७२-७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रूपमा रहेको परिकौली चौकमा ५-७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा (सालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताउनुभयो । वडाध्यक्ष यादवले गए राति ११-१२ बजेसम्म सालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरूले सालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी सालिकको व्यापक रूपमा खोजतलास भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ