arrow

वृहत नागरिक आन्दोलन: माथेमाले भने-नेताहरु राजनीतिलाई आफ्नो विर्ता ठान्नुहुन्छ

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
nagarik_andolan.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन तथा प्रतिगामी कदमविरुद्ध वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ।

संसद विघटन असंवैधानिक र प्रतिगामी भएको भन्दै कार्यक्रममा गीत संगीतका साथै कविता वाचनसमेत गर्दै सांकेतिक रुपमा प्रदर्शन गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

प्रदर्शनमा प्राध्यापक केदारभक्त माथेमाले संसद् पुनःस्थापना मात्र पर्याप्त नभइ नेपालको विकृति हटाउनुपर्ने बताए । उनले भने, एउटा हो, विकृत निर्वाचन पद्धति । यो कति महँगो बनाएका छौं हामीले । यसलाई पनि हामीले सम्बोधन गर्नुपर्छ ।’

नागरिक समाज बृहत् रुपमा जानुपर्ने सुझाव दिंदै उनले १३ औं शताब्दीमा बेलायतका निरंकुश राजा किङ जोनलाई सही ठाउँमा ल्याउन म्यानाकार्टामा हस्ताक्षर गर्न लगाइएजस्तै अहिलेका नेताहरुलाई हस्ताक्षर गर्न लगाउनुपर्ने बेला आएको बताए । माथेमाले भने,‘यहाँ हरेक क्षेत्रमा राजनीतिकरण छ किनकी उहाँहरुले राजनीतिलाई आफ्नो विर्ता पाएजस्तो ठान्नुभएको छ ।’

कार्यक्रममा तुलानारायण साह लगायतले पनि सम्वोधन गरेका थिए। कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, लेखक तथा पत्रकार नारायण वाग्ले, युग पाठकलगायतका अगुवाहरु उपस्थित थिए । शहीद धर्मभक्त माथेमाको सालिक नजिकै उभिएर नागरिक अगुवाले विरोध गरेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ