arrow

संसद विघटन : प्रधानमन्त्रीले भनेको जस्तो अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति छैन

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
Supreme-court-judges1.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ ।आइतबार दशौं रिट निवेदनमाथिको बहस सकिएर एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको हो ।

बहसका क्रममा कानून ब्यवसायीहरुले प्रधानमन्त्रीले भनेको जस्तो अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताए । उनले अहिले ताजा जनादेशमा जान प्रधानमन्त्रीलाई कसले असहयोग गरेको छ र, भन्ने प्रश्न गरे ।

अर्का अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलमा समस्या भयो भन्दैमा संसद विघटन गर्न नपाइने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ