arrow

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल माइतीघरमा धर्नामा

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
prachanda-nepal.png

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा प्रचण्ड-नेपाल समूहले माघ १४ गतेदेखि धर्ना जारी राखेको छ ।

यसबीच आज(आइतबार) नेपाल कम्युनिष्ट पार्ती (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु समेत सहभागी छन् । नेकपाकै अन्य नेता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायत पनि धर्नामा सहभागी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ