arrow

संवैधानिक इजलासमा शम्भु थापाको त्यो सायरी..

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
Supreme-Court-judges.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको संवैधानिक इजलासमा २० मिनेट समय पाएर तीन घन्टा लिएका बरिष्ठ अधिवक्ता शम्भु थापाले मिर्जा गालिबको सायरी सुनाएर बहसको विट मारेका छन् ।

सोमबार दिउँसोदेखि बहसका लागि बेन्चमा उभिएका थापाले मंगलबार पनि करिब डेढ घन्टा बहस गर्दै अन्तिममा उर्दु सायरी सुनाएका थिए । उनको सायरी न्यायाधीशहरुले चाखपूर्वक सुनेका थिए ।

अन्तिमतिर उनले भने, ‘लास्टमा श्रीमान । मैले (सायरी) भन्छु भनेको थिएँ’ भन्दै मिर्जा गालिबको सायरी सुनाउँदै त्यसको भाव पनि ब्यक्त गरे । प्रधानमन्त्रीले संसद विघटन गरेपछि सबै थोक सकिएको बताउँदै थापाले संविधान मर्दा लोकतन्त्र नै मर्ने अर्थमा सायरी सुनाएका हुन । 

जला है जिस्म जहाँ दिल भी जल गया होगा,
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ?

अर्थात 

शरीर डढिसक्यो भने मुटु पनि त डढ्यो होला,
खरानी खोतलिरहेका छौ, अब के पो खोज्दैछौ ?


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ