arrow

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड-माधव समूहद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा 

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
prachanda-madhavs.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटन विरुद्ध अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

संसद विघटन प्रतिगामी कदम भन्दै दुई चरणको आन्दोलन गरिसकेको प्रचण्ड-माधव समूहले प्रतिगामी कदम खारेज नगरेसम्म संघर्ष जारी राख्ने जनाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

उक्त समूहका केन्द्रिय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले  वज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका छन् ।

कार्यक्रम अन्तर्गत माघ १३ गते काठमाडौंमा सिटी जुलुश, माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना कार्यक्रम, १६ गते श्रद्धान्जली सभालगायतका छन् ।

त्यस्तै माघ २६ गते देशब्यापी जुलुश र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभाको आयोजना गर्दैछ ।

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ