arrow

ओलीले अदालतको अवहेलना गरेको प्रश्न उठ्दा ‘चोलेन्द्र श्रीमान’को जवाफ-'बजारको कुरा सुनिसाध्य छैन'

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्ने प्रश्न उठेको छ ।

आइतबार सुनुवाइका क्रममा रिट निवेदक समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको बताएका थिए । प्रधानमन्त्रीले अदालत र वकिलबारे दिएका अभिव्यक्ति रोक्न  पनि उनले माग गरेका हुन । 

प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको भन्दै इजलाशको ध्यानाकर्षण गराएका हुन ।

त्रिपाठीले उठाएको सवालबारे प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बजारमा क-कसले के हल्ला गर्छन् भन्ने अदालतले नसुन्ने जवाफ फर्काए ।

‘हामीले बजारमा को-को के हल्ला गर्छन ? के धारणा राख्छन ? हामीले कसैको कुरा सुन्दैनौं,’ प्रधानन्यायाधीशको जवाफ थियो । उनले बजारका कुरा सुनिसाध्य नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ