arrow

सीजीका एसी खरिद गर्दा निःशुल्क जडान सुुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष २८ मंगलबार
cg-ac-1000.jpg

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले सीजीका एसी खरिद गर्दा निःशुल्क जडान सुविधा दिने भएको छ । सीजीले प्रेस विज्ञप्ति जारी गर्दै हालै आफ्ना सम्पूर्ण ग्राहकलाई मध्यनजर गरेर अबदेखि सीजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसीसी, स्प्लिट टाइप एसी तथा अन अफ वाल माउन्ट स्प्लिट टाइप एसीहरुको खरिदमा निःशुल्क जडान पाउन सक्ने जनाएको छ । 

सीजीले ग्राहकले जडान गर्दा लाग्ने रु २,५०० रुपैयाँ खर्च जोगाउन सक्ने जनाएको हो । यी एसीहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै बिजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको सीजीले बताएको छ । 

साथ साथै यी एसीहरुमा पाँच वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको जनाएको छ । 
 
उच्च प्रविधि र उर्जा बचत गर्ने सीजीका एसीहरु ल्याई अब जडान गर्दासमेत लाग्ने खर्च जोगाई यो जाडोमा न्यानो भएर ढुक्कसंग बस्न पनि सीजीले आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ