arrow

काठमाडौंमा मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयले गरायो सचेत

फोहोर नजलाउनु, धुँवा तथा धुलो उड्ने काम केही दिन स्थगन गर्नु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २१ मंगलबार
health-ministry.jpeg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायू प्रदुषण बढेकोमा सचेत गराउँदै मर्निङवाकमा ननिस्कन अनुरोध गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले मंगलबार विज्ञप्ती नै जारी गरेर काठमाडौंमा मर्निङवाकमा ननिस्कन आग्रह गरेको हो ।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा फोहोरको उचित व्यवस्थापन गर्न तर फोहोर जलाउन काम नगर्न समेत सबैमा आग्रह गरिएको छ । यदि कसैले जलाउने गरेको छ भने निरुत्साहित गर्न र रोक्न समेत भनिएको छ । यसैगरी काम नपरी घरबाट ननिस्कन र निस्किनै परेमा मास्क लगाउन भनिएको छ । 

यस्तै धुवाँ धुलो उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न विज्ञप्तीमार्फत भनिएको छ भने केही दिनपछि सुरु गर्दा समेत धुलो धुवाँ नउड्ने वा कम हुने गरी सुचारु गर्न भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ