arrow

संसद विघटन बिरुद्ध २३ दलीय मोर्चाको सडक आन्दोलन

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
Mohan-baidya.jpg.jpeg

काठमाडौंसंसद विघटनका बिरुद्ध सडकमा हुने दलीय प्रदर्शन बढ्दै गएको छ । आइतबारबाट विभिन्न २३ दल आबद्ध दलीय मोर्चाले समेत संसद विघटनलाई प्रतिगामी कदम भन्दै प्रदर्शन थालेका छन ।

यसरी प्रदर्शनमा उत्रनेमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सहितका विभिन्न २३ राजनीतक दल छन । उनीहरुले संसद विघटनको निणर्यलाई प्रतिगमन उन्मुख फासीवादी कदम भनेका छन । 

संयुक्त मोर्चा बनाएरै सडक प्रदर्शनमा निस्किएका उनीहरुले आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरेका छन ।

मोर्चामा नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय जागरण मञ्च, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, पुष्पलाल अध्ययन समाज लगायत छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ