arrow

प्रदेश नं १ मा २५३ संक्रमित निको, ३० मा संक्रमण

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना संक्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।

यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको  रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार-चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म संक्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ