arrow

ओलीको असंवैधानिक कदमले जनतासामु माफी माग्नुपर्ने बेला आयो : मुख्यमन्त्री भट्ट

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
trilochhan-bhatta.jpg

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले जनतासँग माफी माग्नु पर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा डोटी प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले माफी समेत मागेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको असंवैधानिक कदमले अझ देश अस्थिरता तर्फ गएको र देश अझै अशान्ति तिर जानसक्ने बताउँदै मुख्यमन्त्री भट्टले मुलुकका सबै राजनीतिक पार्टीहरु सडकमा आएको बताए । उनले भने,‘हामीलाई दुःख लागेको छ, एउटै पार्टीको सरकार हुँदा पनि हामी त्यही पार्टीको यसरी सडकमा आउनु परेको छ । हामीले जनताको अगाडी माफी माग्नु पर्ने आवस्यकता छ र मैले तपाइहरुको अगाडी माफी पनि माग्न चाहन्छु ।’

मुख्यमन्त्री भट्टले आफुहरुले जनालाई भनेका कुरा पुरा गर्न नसकेको स्वीकार गर्दै भने,‘ हामीले देशमा स्थिर सरकार दिन्छौं, देशलाई समृद्धि दिन्छौं भनेका थियौं तर त्यो कुरा हुन सकेन । त्यो हाम्रो त्यतीखेरको पार्टी अध्यक्ष प्रधानमनत्रीका कारण हुन सकेन ।’ भट्टले ओलीको कदम असंवैधानिक भएको बताउँदै संसद पुनस्थापना हुनुपर्नेमा जोड दिए ।

गृह जिल्लाको विरोध कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बैशाखमा चुनाव हुनेमा समेत शंका ब्यक्त गरेका छन् । उनले बैशाखमा चुनाव हुने कुरामा कुनै ग्यारेण्टी नभएको बताउँदै तोकेको समयमा चुनाब नहुने बताए । चुनाव गर्नका लागि ओलीले निर्णय नगरेको उनको दाबी छ ।

पार्टीका विवाद पार्टी भित्रै हुनु पर्ने बताउँदै उनले पार्टीका कुरा बाहिर ल्याएर देशलाई नै बन्दकी बनाएको आरोप लगाए । उनले ओलीको असंवैधानिक कार्यलाई अदालतले संवैधानिक रुपमा समाधान गर्नेमा विश्वास ब्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ