नेकपाको संकटमोचक बनेर आएका एचो खनाललाई भेट्न पुगे डल्लु
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १३ सोमबार
459
Shares
काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्यूनिष्ट पार्टीको अन्तराष्ट्रिय बिभागका उपमन्त्री कु एचो सहित ४ सदस्य प्रतिनिधि मण्डलले खनाल निवास डल्लुमा भेट गरेका छन् ।
करिब १ घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशका बिचका संबन्धहरुलाई अझ सुदृढ गर्ने बारेमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलले पूर्बप्रधानमन्त्री खनालसँग नेपालको बर्तमान परिस्थितिकोे बारेमा जिज्ञासा राखेको उनका स्वकिय सचिब कृष्ण भट्टराईले जानकारी दिए ।
तत्कालिन एमाले र माओवादीको एकिकरणमा उल्लेख्य भूमिका खेलेका एचो नेकपा फुटको कानुनी प्रक्रियामा फसेसँगै संकटमोचककै हैसियतमा ४ दिने नेपाल भ्रमणमा रहेका छन्। एचोले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गरिसकेका छन्।
एचोका कतिपय भेटघँट भने गोप्य राखिएका छन्। कतिपयलाई भने एचोले चिनियाँ दुतावासमै भेट गरिरहेका छन्।