arrow

माइतीघरमा संसद विघटनविरुद्ध प्रदर्शन, गैरसंवैधानिक र जनविरोधी ‘कू’को सज्ञां

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
maitighar2.jpg

काठमाडौं । संसद विघटनविरुद्ध शनिबार माइतीघर मण्डलामा बृहत प्रदर्शन भएको छ । बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुले बृहत् नागरिक आन्दोलन स्वरुप शंख बजाएर प्रदर्शन गरेका हुन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै प्रदर्शन गरिएको हो ।

नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीले ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’  ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । आयोजकका अनुसार प्रदर्शन १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ