arrow

झापाको गौरीगंजबाट लागुऔषध कारोबारी युवक पक्राउ

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
laguausad-karobari.jpg

झापा । झापाको सिमाबर्ती पालिका गौरीगंजमा लागुऔषधसहित एक युवक बिहिबार पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने वर्ष २७ का रोहित हुसेन पक्राउ परेका हुन् ।

सशस्त्र सीमा सुरक्षा बल गौरीगंजको टोलीले बिहिबार विहान करिब ५ बजे उनीसंग रहेको १९ बोतल कोरेक्स, ७५ वटा नाईट्रोजन ट्यावलेट, मे ४ प ६४४५ नम्बरको मोटरसाईकल, लागुऔषध नाप्ने सानो मिटर र १९ हजार रूपैयाँ बरामद गरेको छ ।

उनी गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज सतारबस्तीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीसहित बरामद गरिएको लागुऔषध, मोटर साईकल र नगद कानुनी कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय गौरीगंजलाई बुझाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ