arrow

संसद विघटनविरुद्ध नौं विद्यार्थी संगठनले संयुक्त प्रतिकार गर्ने, चाँडै सडक आन्दोलनको घोषणा

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
student4.jpg

काठमाडौं । संसद विघटनविरुद्ध नौं विद्यार्थी संगठनले संयुक्त आन्दोलनको तयारी थालेका छन् । मंगलबार बिहान लैनचौरमा बसेको संयुक्त बैठकले सडक आन्दोलनको तयारी गरेको हो ।

नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको सिफारिस र हठात रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटनको घोषणा असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै संयुक्त प्रतिकार गर्ने र चाँडै आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने नेविसंघका महामन्त्रीले दीपक भट्टराईले जानकारी दिए ।

नेपाललाई अस्थिरता र संकटमा धकेल्न गरिएको प्रयासको विरोध जनाउँदै नेविसंघको संयोजकत्वमा नौं विद्यार्थी संगठनको आब्हानमा प्रतिकारका कार्यक्रमहरु गरिने महामन्त्री भट्टराईले जानकारी दिए ।

नेपाली जनता कोरोनाको त्रास र प्रभावबाट छटपटाइरहेको अवस्थामा जनताको जीवनरक्षाप्रति पूर्ण उदासीन देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने गरी चालिएको कदमको देश प्रतिग्रामीतर्फ जाने र नेपाली जनतामा ब्यवस्थाप्रति नै वितृष्णा जगाउने पनि संयुक्त बैठकले निष्कर्ष निकालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ