प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ पुष ५ आइतबार
778
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्तावलाई स्वीकृत गर्दै बैशाखमा दुई चरणको चुनावको मिति तोकेलगत्तै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकिएको छ। संसद विघटन पछि देशभर सुरक्षा चुनौति बढ्नसक्ने आंकलन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका हुन।
सुरक्षाका चारै अंग हाई अर्लटमा रहेकै बेला प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक बोलाएका हुन।
संवैधानिक परिषद सम्बन्धी फिर्ता लिने निर्णय गरेपनि अन्तिममा फिर्ता नलिएका ओलीले संवैधानिक परिषदको सो विवादित बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम राईलाई बनाउने निर्णय गरेका छन्।
संसद नै नभएका अवस्थामा संसदीय सुनुवाइ टार्नका लागि संसद समेत विघटन गरेका ओलीको देशब्यापी विरोध सुरु भएपछि राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौति बढ्ने आकंलन पछि बोलाइएको सुरक्षा परिषदको बैठकलाई अर्थपूर्ण रुपले हेरिएको छ।