संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर सहित लगिएको पत्र शितलनिवासले बुझ्न मानेन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
938
Shares
काठमाडौं। दलीय छलफल बिना नै सरकारले संवैधानिक परिषद् सम्वन्धि अध्यादेश ल्याएपछि असन्तुष्ट बनेका सत्तारुढ दल नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग सहितको पत्र लिएर राष्टपति भवन शितल निवास पुगेका छन। तर राष्टपति कार्यालयले भने असन्तुष्ट नेकपाका सांसदहरुले लगेको हस्ताक्षर सहितको पत्र बुझ्न मानेको छैन। पत्र बुझ्ने सचिव नै मोबाइलको स्वीच अफ गरेर सम्पर्क बिहिन बनेका छन।
विशेष अधिवेशनको माग सहित पत्र लिएर जानेहरुमा नेताहरु भीम रावल र पम्फा भुषाल सहितको समूह छ। राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले पत्र बुझ्न नेताहरुलाई समय नदिएको शितल निवास पुगेका नेकपाका एक सांसदले जानकारी दिए। उनले सचिव पौडेलको मोवाइल अफ रहेको जनाएका छन।