arrow

सुनसरीका एसपी थापाका घुमुवाहरु प्रदेश कार्यालय विराटनगर तानिए

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
sp-kamal-thapa.jpg

इटहरी । केही समय अघि लागुऔषध कारोबारी र सीमाबाट हुने चोरी निकासीका सम्बन्धमा आर्थिक लेनदेन गरेको आरोप खेपेका सुनसरीका एसपी कमल थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले तानेको छ । सिमा क्षेत्रमा अझै चलखेल भएको भन्दै एसपीका घुमुवालाई प्रदेश प्रहरी कार्यालय विराटनगरले तानेको हो । 

लागुऔषध कारोबारमा संलग्नलाई आर्थिक चलखेल गरी रकम लिदै छाड्ने, माग गरेजति रकम नदिए मुद्धा चलाउने र भारतसँगको खुल्ला नाकाबाट चोरी तस्करीमा सेटिङ्ग गरी रकम लिने गरेको उजुरी परेपछि एसपी थापा माथि प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानबीन गरेको थियो । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत परेको थियो ।

सुनसरी आएपछि एसपी थापाले आफु बालुवाटारको विश्वासपात्र भएको भन्दै उच्च पदस्थ अधिकारीहरुको निर्देशन समेत अवज्ञा गर्न थालेको स्रोतले बताएको छ । आफु अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भएको र नेकपाको खास मानिस भएको भन्दै एसपी थापाले आफु मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्ज मार्फत रकम असुली गर्ने गरेको प्रहरी स्रोतले बतायो । थापालाई प्रधानमन्त्री केपी ओलीका एक स्वकिए सचिवले ईटहरी पठाउन भूमिका खेलेको बताइन्छ। 

प्रदेश प्रहरी कार्यालय बिराटनगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबीन शुरु गरेपनि एसपी थापाले सत्तारुढ नेकपाका सुवास नेम्वाङसँग आफ्नो घनिष्ट सम्बन्ध भएको भन्दै नेकपा कार्यकर्ताहरुलाई समेत सार्वजनिक कार्यक्रमहरुमै होच्याउने गरेको एक नेकपा नेताको गुनासो छ । आफु विरुद्ध अख्तियारमा उजुरी परेको र प्रदेश प्रहरीले छानविन गरेसँगै एसपी थापाले आफुलाई राम्रो देखाउन रात्रीभोज गराएर प्रभावित समेत पार्ने प्रयास गरेका थिए । डिएसपी हुदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले लाखौ रुपैयाँ कमाएको प्रहरी अधिकारीहरु नै बताउँछन ।

सुनसरीमा कार्यरत घुमुवा र केही प्रहरी प्रदेश कार्यालय तानिएको विषयमा डिआईजी इश्वरबाबु कार्कीले यो नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए । कार्कीले लामो समयदेखि कार्यरत प्रहरीहरुलाई तानिएको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत घुमुवाहरुलाई तत्कालको लागि तानेको कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ