arrow

'भ्रष्टाचारको दलदलमा डुबिसक्यो ओली सरकार'

जाजरकोटमा कांग्रेसको शक्तिशाली प्रदर्शन

logo
लोकेन्द्र बिश्वकर्मा,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
jajarkot-congress.PNG

खलंगा । नेपाली कांग्रेस जाजरकोटले सदरमुकाम खलंगामा बृहत् शक्तीिशाली र्‍याली प्रदर्शन गरेको छ । ओली नेतृत्वको नेकपा सरकारकोबिरुद्धमा देशभर प्रदर्शन क्रममा जाजरकोटमा पनि शक्तीशाली प्रदर्शन भएको हो । 

कांग्रेस पार्टी कार्यालय माथिल्लो थाप्लेदेखि सदरमुकाम –तल्लो थाप्ले नयाँबस्ती,गैरीखाली, जिल्ला प्रशासन, हुदै ठाँटी सम्म र्‍याली प्रदर्शन भई बिरोध सभा सम्पन्न भएको थियो । 

बिरोध कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी, युवा नेता बेदराज सिंह,नेता महेन्द्रबहादुर शाह, सनतकुमार कार्की,छवि पन्त, लगायतका जिल्ला भित्र रहेका नेता तथा कार्यकर्ताहरु र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । 

ओली सरकारको सर्वसत्तावादी प्रवृति,कोरोना नियन्त्रणमा असफलता ,स्वास्थ्य सामग्री खरिदमा अनिमियतता, हत्या, बलात्कार, राज्यआंत्क,चर्को मुल्य बृद्धि ब्यापक भ्रष्टाचार,महिला हिंसा,कर बृद्धि ,कालाबजारी,कुशासन ,नबराज हत्याकाण्ड,लगायतका घटनाहरु बढ्दो क्रममा रहेको नेता सिंहले बताए । 

जनतालाई बिहान बेलुका हातमुख जोड्नलाई संकट परेको छ । नेकपाका नेताहरु रातारात करोडपति हुदै गरेको कांग्रेस केन्द्रीय सदस्य थानीको भनाई रहेको छ । नेता थानीले भ्रष्टाचारीहरुलाई बचाउँ गर्ने, बलात्कारीहरुलाई बचाउँ गर्ने,सरकार नेपाली जनताको हितमा नरहेको समेत बताए । 

यस्तै कार्यक्रममा – जनताद्धारा  उठाएको करको करोडौंको कमिसन र महंगीको दलदल नाच्ने ओली सरकारले मुख्य पेशा नै भएको नेता छवि पन्तले बताए  । ओली नेतृत्वको नेकपा सरकारको सर्वसत्तावादी प्रवृतिले जनताको तनमनमा समस्या समेत तुल्याएको कांग्रेस नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ