arrow

नेकपा कार्यकर्ता भित्राउदै बलायरले भने- कम्युनिष्ट सरकारका कारण मुलुक संकटमा

logo
प्रकाशित २०७७ मंसिर २७ शनिबार
balayer.PNG

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले कम्युनिष्ट सरकारका कारण मुलुक संकटमा परेको बताए । शिखर नगरपालिका वडा नं. ११ मा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारका कारण मुलुक संकटमा रहेका कारण मुलुक जोगाउन सर्वसत्ताबादका विरुद्ध एकजुट भएर लाग्नु पर्ने अवस्था आएको बताएका हुन् ।

कम्युनिष्टका ज्यादती विरुद्धमा जनता नलागे देशको अवस्था ठिक नहुने बताउँदै उनले कांग्रेसले २८ गतेबाट सुरु गर्ने विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । मुलुकमा देखिएको गणतन्त्र विरोधी कार्य, सरकार विरोधी कार्यले कम्युनिष्ट सरकारसँगै लोकतान्त्रीत गणतन्त्र खतरामा परेको उनको भनाई छ ।

केन्द्रीय सदस्य बलायरले सरकारका गलत कार्य, गलत गधिविधि सर्वसत्तावाद अहम, भ्रष्टाचार, अपराध लगायतका कुराले जनताको ठुलो बलिदानबाट प्राप्त सर्वउत्कृष्ट लोकतान्त्रीक व्यवस्थाकाविरुद्ध सडकमा नारा लागेको बताए । सडकमा राजतन्त्रका पक्षमा लोकतन्त्र संघियताका विरुद्धमा उठेका आवाज सरकारसँग असन्तुष्ट पक्षका भएको बताउँदै बलायरले यसको विकल्प कांग्रेस बाहेक अरु कोही नभएको बताए । सडकमा देखिएको असन्तुष्टि, आन्दोलन र संघिय लोकतन्त्रको खतरा वर्तमान कम्युनिष्ट सरकारकै कारण भएको बताउँदै उनले यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने बताए ।

नेपाली कांग्रेसले जनताको चाहना र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र मुलुकलाई संकटबाट जोगाउन अधिनायकवादी भ्रष्टाचारी सरकार विरुद्ध सडक देखि सदन सम्म संघर्ष गर्ने उनले बताए । मुलुकमा हुने परिवर्तन, विकास र निकास युवाहरुबाटै सम्भव भएकाले अव मुलुकको अस्थित्व जोगाउन युवाहरु तयार हुनुपर्ने बताउँदै केन्द्रीय सदस्य बलायरले युवाहरु बढी सतर्क र चनाखो हुन जरुरी रहेको बताए ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापती सिताराम जोशीले कम्युनिष्ट पार्टी व्यक्ति बलियो वनाउन र आफन्त नातागोता र कार्यकर्ताको गाजी भर्न तिर लागेका कारण देशमा समस्या आएको बताए । वर्तमान कम्युनिष्ट सरकारका गतिविधिका कारण लोकतान्त्रिक व्यवस्था नै बदनामित भएको उनको भनाई छ ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रामबहादुर रोकायाले वर्तमान अवस्थामा कम्युनिष्टहरुले झुटा सपना देखाएर, गलतबाटो अपनायर सत्तामा पुगेकोे परिणाम देखिएको बताए । देशमा आएका ठुलठुला परिवर्तन, अहिले कार्यान्वयनमा रहेको संघिय लोकतान्त्रीक गणतन्त्र कांग्रेसकै कारण सम्भव भएको बताउँदै रोकायाले कांग्रेसले मात्रै देशमा समृद्धी, शान्ती स्थापना गर्न सक्ने बताए ।

कार्यक्रममा नेता केशव विष्ट, दलित संघका वडा संयोजक संयोजक हर्क बिक, तरुण दल वडा संयोजक विजय बोहरा, नेताहरु केशव बहादुर बलायर, दलबहादुर बलायर, मनिराम बलायर, नेपाली काँग्रेस नगर कार्यसमितिका सह संयोजक रमेश रोकाया लगायतले मन्तव्य राखेका थिए ।
 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी परीत्याग गरि तीस जना बढी नेताकार्यकर्ता कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ । प्रवेश भएका नेताकार्यकर्ताहरुलाई पूर्वमन्त्री बलायरले टीका लगाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ