arrow

सुदूरपश्चिममा दुई दिनमा २६९ जनामा कोराना संक्रमण

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
covid-test-positive-corona.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ९६२ जनाको नमूना परीक्षण गरिदा २६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेलधुरा र डोटी जिल्लाका छन् ।

 सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दुई दिनमा थपिएका संक्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल संक्रमित १२ हजार १४४ पुगेका छन् ।  उपचार व्यवस्थापनपछि नौ हजार ९४१ जना डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा संक्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका ६५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ ।   

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २३ हजार २२२ को नमूना सङ्कलन गरिएकोमा एक लाख २२ हजार ६६४ को परीक्षण गरिएको छ । परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को चार दबमलब ८० प्रतिशत हुन आउछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ