arrow

रतुवापुल सञ्चालनका लागि मिनेन्द्र रिजालको सक्रियता

भौतिक पुर्वाधार मन्त्रालयले २७ गते निरिक्षण गर्दै

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
minendra5.jpg

किरण न्यौपाने, रंगेली । दशकदेखि चुनावी नारामा मात्र सिमित रहेको रतुवा खोला तठ्बन्धन र पुल सञ्चालन गराउन पछिल्लो समय मोरङ क्षेत्र नं.२ का सासंद डा.मिनेन्द्र रिजाल लागि परेको छन् । केही दिन अघि मात्र प्राविधिक सहित रतुवा खोला तठ्बन्धन र पुलको अवस्था बुझन पुगेका डा. रिजालले पुलको ताजा जानकारी लिएका छन् ।

हुलाकी सडकमा पर्ने रतुवा खोलामा निर्मित करिव डेढ सय मिटरको पुल सञ्चालन हुन नसक्दा स्थानियबासी दुखित छन् । हुलाकी सडकमा पर्ने रतुवा पुलले मोरङ र झापा जोड्छ ।

 झापातर्फ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्छ भने वारी तर्फ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व सञ्चारमन्त्री डा.रिजालको निर्वाचन क्षेत्र रहेको छ । डा.रिजालले भने– रतुवा पुल सञ्चालन गराउने कार्य प्राथमिकतामा राखेको छु,  त्यसका लागि झापा गौरीगन्ज तर्फबाटै निर्वाचित हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत मैले पटक पटक सम्बाद गरेको छु तर निर्वाचन क्षेत्रकै प्रधानमन्त्री ज्युले ध्यानपुर्याई दिए जनताले धेरै दुख नपाउने बताए । डा.रिजालले आफुले अर्थमन्त्रालयसँग समेत रतुवा पुल सञ्चालनका लागि गहिरो कुरा भईरहेको जानकारी दिए ।

दक्षिणी मोरङ र झापाको मेरुदण्डको रुपमा  हुलाकी राजमार्ग तिब्र गतिमा विस्तारको रुपमा रहेका छ, स्थानिय रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष बुलन देव सिंहले भने –चौकीघाट र पश्चिम तर्फ गरी दुवै तिर बाट बोल्डर तारजालिले तठ्बन्धन गरेर पुल सञ्चालनमा ल्याउन सके मात्र हुलाकी राजर्माग विस्तारको अर्थ रहने बताए ।

खोलाले वर्षेनि धार परिर्वतन गर्छ, जति ठुलो पुल बनाए पनी तठ्बन्धन नगरी नहुने वडाध्यक्षको भनाई छ । रतुवा खोलामा अलपत्र अवस्थामा रहेको पुल बारे विभिन्न सञ्चार माध्यमहरुमा समाचार र डा.रिजालको पहल संगै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको टोलीले मंसिर २७ गते स्थलगत निरिक्षण गर्ने भएको छ । 

डा.रिजालले निरिक्षणमा भौतिक पुर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङ समेत सहभागी रहने जानकारी दिए । पछिल्लो समय स्थानिय तह संगै प्रदेश र संघीय सांसदले देखाएको संक्रियताले स्थानियमा पुल सञ्चालन हुनेमा आशा जगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ