बाँकेको जानकी गाउँपालिकाको बनियाँ गाउँमा स्थानीयबीच झडप, एक जनाको मृत्यु,दर्जनौं घाइते
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
799
Shares
नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिकामा स्थानीयबीच झडप भएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित बनियाँ गाउँमा गाउँकै यादब र काँदु समुदायबीच भएको हो।
पूर्णिमाका दिन लाग्ने मेलाको बिषयमा दुई समुदायबीच भएको झडपमा परि एक व्यक्तिको मृत्यु हुनुका साथै दर्जन ब्यक्तिहरु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृत्यु हुने ब्यक्ति वडा नम्बर ५ कै हुन्।
झडपमा पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु लगायत अन्य ब्यक्तिहरु घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ। बिस्तृत विवरण आउँन बाँकी रहेको छ।