प्रहरी केन्द्रिय प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
668
Shares
काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरलाई दिइएको छ। प्रहरी महानीरिक्षको सचिवालयले विहिबारबाट प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई दिएको हो।
यसअघी प्रवक्ता रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतको भने सचिवालयबाट प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासी सरुवा भएको छ।
नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।