arrow

इलाम कालपोखरीमा सशस्त्रको विओपी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
apf-bop-ilam-kalpokhari.jpg

इलाम। नेपाल भारत सीमाको सन्दकपुर गाउँपालिका वडा नं. ४ कालपोखरीमा सशस्त्र प्रहरी बलले वोर्डर आउटपोष्ट राखेको छ। सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानियबासी कर्मा शेर्पा (लामा)को २ तले पाँच कोठे पक्की भवनमा वि.ओ.पी. राखिएको हो। 

नेपाल-भारत सीमावर्ती ईलाकाहरुमा हुन सक्ने सीमा अपराधसँग सम्बन्धित गतिबिधिहरु नियन्त्रण तथा रोकथाम गर्न, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यको राजश्व संकलन बृद्धी गर्न एवं आमजनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यका वि.ओ.पी. राखिएको सशस्त्र प्रहरी बलका गणपति सशस्त्र प्रहरी उपरिक्षक सुधिर जंग थापाले जानकारी दिए । प्रदेश नं. १ का सांसद खिनुलाङवा लिम्वुले बि.ओ.पि. कालपोखरीको शुभारम्भ गरेका थिए । 

कार्यक्रममा विशेष अतिथीको रुपमा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई, मजकुर स.प्र.बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल गिरी, लगायत गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक सुधिर जंग थापा, भारतीय समकक्षी एसएसबी कालपोखरीका उत्तम कुमार पाल, सन्दकपुर गाउपालिका वडा नं. ४ का वडाध्यक्ष बर्तमान गुरुङ, अन्य स्थानीय जनप्रतिनिधी, स्थानीय समाजसेवी, बुद्धिजिवी, भद्रभलाद्मीहरु तथा पत्रकारहरु समेतको उपस्थिति रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ