arrow

कोरोना संक्रमित मन्त्री शाहलाई काठमाडौँ लैजाने तयारी

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
minister-prakash-shah-of-Sudurpaschim-Province--(1).jpg

सुदूरपश्चिम । कोरोनाको संक्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले बताएका छन् । 

“मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेपनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ”, विकले भने, “धनगढीमा होम आइसोलेशनमा बसिरहेका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।”

 मन्त्री शाहसहित उनकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना संक्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ